काठमाण्डौ – तीज गीतहरूको चर्चा र आलोचनाबीच चर्चित सर्जक महेन्द्र रेग्मीले आफ्नो नयाँ मौलिक तीज गीत ‘छोरीलाई तीज’ सार्वजनिक गरेका छन्।
हालका तीज गीतहरू युट्युब लगायतका प्लेटफर्महरूमा अग्रस्थानमा रहे पनि कतिपयले तीज गीतहरूले आफ्नो परम्परागत मूल्य र मान्यता गुमाएको भन्दै आलोचना गरिरहेका छन्। यस्तो समयमै, महेन्द्र रेग्मीले तीजको मौलिकता झल्काउने गीत ‘छोरीलाई तीज’ प्रस्तुत गरेका छन्, जसमा चेलिको पीडा र भावनालाई उजागर गरिएको छ।
यस गीतको लय र शब्द महेन्द्र रेग्मीले तयार पारेका हुन्, भने देवी घर्ति र महेन्द्र रेग्मीले स्वर दिएका छन्। गीतको संगीत संयोजन याम थापाले गरेका छन्, र भिडियोको निर्देशन विष्णु भट्टराईले गरेका छन्। भिडियोमा विमल न्यौपाने, भरत क्षेत्री, महेन्द्र रेग्मी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
‘छोरीलाई तीज’ गीतको अडियो र भिडियो निर्माणमा मौलिकता कायम राख्ने प्रयास गरिएको छ, जसले तीजको वास्तविक भावनालाई स्पष्ट रूपमा व्यक्त गरेको छ।