
छत्रकोट गाउँपालिकाका किसान चिन्तित, औषधी र प्राबिधिक सहयोग माग
साउन ३२
छत्रकोट गाउँपालिका गुल्मीका किसानले लगाएको अदुवामा गानो कुहिने र छिर्केफुर्के लगायतका विभिन्न रोगको संक्रमण देखिन थालेको छ।
परमपरागत बाली छोडेर लगाएको व्यावसायिक अदुवा खेतीमा रोग लागे पछि किसान चिन्तित भएका हुन।
छत्रकोट गाउँपालिका वडा नं. ४ दिगामका केहि स्थानिय किसानले पूर्व वडा अध्यक्ष डिलाराम न्यौपाने संग अदुवामा समस्या देखिएको गुनासो गरेपछी, न्यौपानेको समन्वयमा कफि अनुसन्धान कार्यक्रम भण्डारी डाँडाका बरिष्ठ बैज्ञानिक जनार्दन गौतम लगायतको टोलीले अध्यन गर्दा यस्तो समस्या देखिएको हो ।
टोलिले स्थानिय तारादेबी भण्डारी, द्रोण पन्त, बिष्णु पन्त र राम प्रसाद पन्तको करिब १० रोपनी बारिमा पुगेर अध्यन गर्दा गाना कुहिने र औशाको समस्या बढी देखिएको र तत्काल ढुसी नासक र किटनासक औषधी प्रयोग गर्नु पर्ने अदुवाको समेत लामो समय अनुसन्धान गर्नु भएका बैज्ञानिक गौतमले बताउनु भयो ।
मुख्य नगदेबालीका रुपमा खेती गर्न थालिएको अदुवाको माउमा समस्या देखिएको रोगको संक्रमण बढी देखा परेको कृषि शाखा प्रमुख प्रदिप पन्थले बताउनु भयो।
छत्रकोट गाउँपालिकाका संग पालिका भित्रको अदुवा खेतीका बिषयमा आवस्यक तथ्याङ्क नभएको तर अनुमानित दिगाममा मात्र ५० जना बढी किसानले थोरै थोरै ब्यवसायिक अदुवा खेती गरेको र गाउँपालिका भरिनै अदुवा खेती भईरहेको पन्थले बताउनु भयो।
स्थानिय किसान तारादेबी भण्डारीले करिब २ रोपनी बारीमा १५ हजारको बिउ लगाएको र अहिले समस्या देखिएको बताउनु भयो उहाले पालिका संग आवस्यक सहयोगको माग समेत गर्नु भयो । उहाले जनप्रतिनिधी कर्मचारी कसैले सोधखोज नगरेको र आफु संग सहयोग माग गर्ने ज्ञान पनि नभएको गुनासो गर्नु भयो ।
शुरुमा गानो कुहिने र पछि पहेँलिँदै क्रमशः बोटै मरेर जाने गरेको छ। अदुवाका लागि गानो कुहिने रोग सबैभन्दा बढी हानिकारक मानिन्छ । गानो कुहिने रोगले अदुवाको फल नै सखाप पार्ने प्राबिधिकहरुले बताएका छन ।