भदौ १
नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ।
पार्टीबाट मुख्यमन्त्री सिफारिसको विषयमा असन्तुष्टि जनाउँदै एमालेका संसदीय दलका नेताबाट गिरीले राजिनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो।
बैठक आज दिउँसो २ बजे बस्नेछ।बैठकले मुख्यमन्त्रीले लिने बिश्वासको मतका तयारीका बारेमा छलफल गर्ने भनिएको छ।
गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले भदौ ४ गते प्रदेससभामा विश्वासको मत लिँदै छन्।
त्यसअघि बुटवलको अस्थायी निवासमा आज बस्न लागेको बैठकले संसदीय दलको नेताको पनि टुंगो लगाउने अनुमान गरिएको छ।
लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसयता एमालेमा केही असन्तुष्टि देखिदै आएको छ।
बैठकमा एमाले प्रदेश कमिटी ईन्चार्ज एवं एमाले सचिव पद्मा अर्याल सहभागी हुने बताईएको छ।
लिला गिरीले दलको नेताबाट राजिनामा दिए सँगै आजको बैठकको अध्यक्षता दलका उपनेता आचार्यले गर्नेछन् त्यस लगत्तै दलको नेता चयन र प्रमुख सचेतकबारे छलफल हुने छ।