भदौ २
रातभरीको अबिरल बर्षाका कारण पहिरो खसेर गुल्मीको रिडी खर्ज्याङ्ग सडक खण्ड अवरुद्ध भएको छ ।
उक्त सडक प्रयोग गरेर गन्तब्यमा हिडेका यात्रु र सवारी साधन अहिले अलपत्र भएका छन । रिडी खर्ज्याङ्ग सडक बाट रिडी तम्घास सडकमा जोडिने भित्री बाटोमा पनि ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध रहेको खबर प्राप्त भएको हाम्रा प्रतिनिधी कालिदाश आत्रेयले बताउनु भयो ।
यस्तै पिपलनेटा दिगाम मोटरबाटोको कालिमाटीमा पहिरो खसेर पिपलनेटा दिगाम मोटरबाटो पनि अबरुद्ध रहेको स्थानिय किरण न्यौपानेले बताउनु भयो ।