भदौ २
छत्रकोट गाउँपालिका वडा नं. ५ खर्ज्याङ्ग दुमै गुल्मीका बाढी पिडित राम बहादुर बुचाको परिवारलाई प्रारम्भिक राहत र सहयोग प्रदान गरिएको छ ।
गाउँपालिकाले खाद्यान्न लत्ताकपडा त्रिपाल लगायतका सामाग्री सहयोग प्रदान गरेको छ भने राष्ट्रिय युवा संघ छत्रकोटले बाढीले बगाए छरपस्ट पारेका घरका केही सामान बटुल्न र बासको ब्यवस्थापनको सहयो गर्न लागेको हो ।
गए रातीको अबिरल बर्षाका कारण बाख्रे खोलामा आएको बाढीले स्थानिय बुचाको घर गोठ बगाएको थियो । राती २ बजे बाढीले घरको छेउ खोल्न थालेपछी बुचा र उहाकी श्रीमती लक्ष्मी बुचा घर बाहिर भागेर बाच्न सफल हुनुभएको थियो , भाग्नेक्रममा काठले लागेर राम बहादुर बुचा घाईते हुनु भएको छ । उहाको पब्लिक लुम्बिनी अस्पतालमा उपचार भईरहेको छ ।
बाढीले घरमा भएका नगद सुन लगायत सबै सामान र घरपुरै र ठोमा रहेका २५ वटा कुखुरा एक बाख्रा र गोठ पुरै बगाएको थियो । रातिनै स्थानिय छिमेकी र प्रहरीले उद्दार र सहयो गरेका थिए ।
अहिले युवा संघका पदाधीकारीहरु अध्यक्ष किरण न्यौपाने,इन्चार्ज मिलन पछाई, उपाध्यक्ष कमल घर्ती पूर्व पदाधीकारीहरु केशबराज कडेल,रामकृण न्यौपाने, झबिन्द्र कार्की लगायत स्थानिय र जनप्रतिनिधीहरुले गासबासको ब्यवस्थापन गर्न लागेको युवा संघका अध्यक्ष न्यौपानेले बताउनु भयो ।
सोहि स्थानमा रहेको कृष्ण बिकको घर पनि जोखिममा रहेको छ । अहिले गाउँपालिकाको डोजरले खोलाको धार फर्काउने काम गरि रहेको छ।