भदौ ३
शनिबार रातभरीको अबिरल बर्षाका कारण पहिरो खसेर अवरुद्ध गुल्मीको रिडी खर्ज्याङ्ग सडक खण्ड अझै सुचारु हुन सकेको छैन।
उक्त सडक प्रयोग गरेर गन्तब्यमा हिडेका यात्रु र सवारी साधन समस्यामा परेका छन । यस सडक खण्डको आधा दर्जन बढी ठाउँमा पहिरो खसेर अवरुद्ध सडकको धेरै ठाउँको पहिरो हटाईएको छ । रुरुक्षेत्र गाउँपालिकाको एक्ले पिपल नजिक साँखरको पहिरो हटाउन कठिन भएकोले बाटो सुचारु हुन नसकेको हो ।
आज पनि बिहानै देखि बाटो खुलाउने प्रयास भएको रुरुक्षेत्र गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष नवराज बिकले बताउनु भयो ।
रिडी खर्ज्याङ्ग सडक बाट रिडी तम्घास सडकमा जोडिने भित्री बाटोमा पनि ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध रहेको हाम्रा प्रतिनिधी कालिदाश आत्रेयले बताउनु भयो ।