असौज ५ नेकपा एमाले छत्रकोट गाउँपालिका कमिटि गुल्मीको दोस्रो अधिवेशन सुरु भएको छ ।
आज शनिबार छत्रकोट गाउँपालिकाको बुढाचौर खेल मैदानमा दोस्रो अधिवेशनको खुल्ला सत्र सम्पन्न भएर अहिले बन्द सत्र चलिरहेको छ ।
कार्यक्रमका प्रमूख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य, गुल्मीका इन्चार्ज एवं लुम्बिनी प्रदेशका कृषि मन्त्री दिनेश पन्थीले सर्वसहमतिको लागि हातखुट्टा बाँधिएको अध्यक्ष निर्वाचित गर्न नहुने तर्क गर्नु भएको थियो । उहाले ठूलो पार्टी भएकोले कार्यकर्ताले जिम्मेवारी प्राप्तिकोलागि धैर्य गर्नु पर्ने बताउनु भयो ।
नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले पार्टिको नीति बिपरित जाने जो कोहिलाई पार्टि सुद्धिकरणको लागि कारबाही हुने बताउनु भयो । कार्यक्रममा जिल्ला, प्रदेश र केद्रिय स्तरका नेता कार्यकर्ता प्रतिनिधीहरुको सहभागिता रहेको छ । दोस्रो अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्ने छ ।
१.
२.
© Copyright - 2024 Ruru Multi Media Pvt. Ltd.. All rights reserved. Powered By: Nectar Digit