असौज २३
विजया दशमी तथा शुभदिपावलीको अवसरमा गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

हिजो मंगलबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा कार्यक्रममा रुरुक्षेत्रस्थित विभिन्न राजनीतिक दल, वर्तमान एवं पूर्व जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणी पौडेलले दसैँलाई भड्किलो नबनाउन आग्रह गर्नु भयो । कार्यक्रम रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता, पूर्व मुख्यसचिव लिलामणी पौडेलको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेको स्वागत मन्तव्य तथा सूचना अधिकारी दामोदर ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।