असौज २३
नेपालीहरुको महान चार्ड विजया दशमी एवं दिपावली नजिकिएसँगै गुल्मीको छत्रकोट गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

सोही कार्यक्रमअन्तरगत गाउँपालिकाले मंगलबार भेडुवा बजारमा अनुगमन गरेको छ । कुल ३९ पसल अनुगमन गरिएकोमा १४ वटा पसलमा म्याद गुज्रेका सामग्री भेटिएका थिए ।
उक्त सामग्रीहरुलाई जफत गरि नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विर बहादुर पुनले जानकारी दिए । अनुगमन कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने पुनले बताए ।
बजार अनुगमन चाड पर्वमा मात्रै सिमित नगरि अन्य समयमा पनि प्रभाबकारी र निरन्तर गर्न स्थानिय ब्यापारीले आग्रह गरेका थिए ।