संसिर ५
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका सुमेरु बंशीय ज्ञवालीहरुले सम्पन्न गरेको बिभिन्न धार्मिक तथा पित्रीकार्यको आयब्याय सार्वजनिक गरिएको छ ।
हिजो मंगलबार गाउँपालिकाको वडा नं. ४ नाच्ने डाँडामा रहेको मन्दिर प्रङ्गणमा आयब्याय सार्व जनिक गरिएको हो ।
गत कार्तिक २७ गते आयोजना गरिएको नारायणवली, भागवत पाठ होम पाठपारायण लगायतको पित्री कार्यमा श्रद्धालु वाट नगद ५ लाख ५३ हजार ९ साय ८२ रुपैया संकला गरिएको जसमा धार्मिक तथा पित्रीकार्यको लागि ३ लाख २३ हजार ६ सिय ९६ रुपैया खर्च भएको र ३ लाख २० हजार २ सय ८६ रुपैया बचत रहेको, पुजा कार्यक्रम संचालन समितिका अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीले आयब्याय सार्वजनिक गर्नु भएको थियो ।
सहभागी बिधिन्न पदाधीककारीले खर्चै बिवरण अनुकोदन गर्दै आगामी दिनमा पनि यस्ता धार्मिक कार्य गर्ने र सुमेरु बंशीय ज्ञवालीका बिभिन्न अभिलेखलाई शिलालेख लगायतमा सुरक्षित गर्ने बताएका थिए ।