मंसिर ७
श्रृङ्गीश्वर बहुमुखी क्याम्पस रुरुक्षेत्र गाउँपालिका रानिबास गुल्मीकोे २४ औँ बार्षिकोत्सव तथा साधारण सभा हिजो सम्पन्न भएको छ ।
कार्यक्रममा क्याम्पसको विशिष्ट आजिवन सदस्य प्राप्त गरेका पोष्टराज पौडेल, बल प्रसाद श्रेष्ठ, विशेष आजिवन सदस्य शेषनारायण पौडेल, हरी प्रसाद ज्ञवाली, आजिवन सदस्य यादव ज्ञवाली र प्रतिष्ठा पौडेललाई सम्मान गरिएको छ ।
त्यसैगरी विद्यार्थीतर्फ संकायमा उत्कृष्ट हुने, नियमित उत्तीर्ण भएर स्नातक उत्तिर्ण हुने विद्यार्थी, सबैभन्दा बढी क्याम्पसमा हाजिरी हुने, पछिल्लो समय शिक्षा सेवामा प्रवेश गर्ने एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रमकै अवसरमा निमित्त क्याम्पस प्रमुख रामप्रसाद श्रेष्ठले बार्षिक प्रगती प्रतिवेदन र शंशोधिक विधान प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी लेखापाल कविता श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका बिशेष अतिथी गाउँपालिका अध्ययदु ज्ञवालीले शुभकामना ब्यक्त गर्दै गाउँपालिकाको तर्फ बाट क्याम्पस बिध्यार्थीको लागि सहयोग हुदै आएको र अब नयाँ ढंगबाट बिध्यार्थीको आय आर्जनमा केन्द्रित हुने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी पूर्व सासंद कमलराज श्रेष्ठले क्याम्पसले बिध्याथीको नतिजा राम्रो दिनसके बर्तमा धेरै समस्या स्वतह समाधान हुने बताउनु भयो ।
कार्यक्रममा स्वबियु सभापती बिसाल थापा लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रम क्याम्पस संचालक समिति अध्यक्ष चक्रपाणी गौतमको अध्यक्षता, संचालक समिति सदस्य हरी प्रसाद ज्ञवालीको स्वागत मन्तव्य तथा उप प्रध्यापक होमनाथ ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।