मंसिर १५
रुरुक्षेत्र गाउँपालिका गुल्मीले आब २०८१ /८२ को प्रथम चौमासिक सम्मको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
शुक्रबार सेवा वडा ससम्म पुर्याउने उद्देश्यले वडा नं. २ ग्वादीको सभाहलमा सार्वजनिक सुनुवाई गरिको थियो ।
कार्यक्रममा गाउँपालिकाको प्रथम चौमासिक सम्मको प्रगति बिवरण सार्वजनिक गरिएको थियो जसमा कुल बजेट ५६ करोड ९४ लाख ९४ हजार १ सय ५ रुपैया मध्येय ५ .२७ प्रतिशत खर्च भएको र यो आगामी चौमासिकमा क्रमस बढ्ने प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले बताउनु भयो । उहाले यो खर्च बिगतमा भन्दा बढी भएको समेत बताउनु भयो ।
कार्यक्रममा सेवाग्राहीहरु भोजराज रेगामी, बिध्यार्थी प्रसिद्धीका शाह, चिरञ्जीबी अर्याल, पदम प्रसाद तिवारी, रबिन्द्र शाह, लिल ब. घर्ती, लोक ब मिधुन, गिर ब. कुवर, कमल प्रसाद गौतम, चुरामणी बराल, कृष्ण बिक, प्रकास बुचा, बिष्णु प्रसाद बराल, मंगल ब रेगामी, कमल बिक, घनश्याम पौड्याल, नारायण पौड्याल, तिलकराम ज्ञवाली, देबेन्द्र मल्ल लगायतले सहकारीको सेवाक्षेत्र घटाईएको, बिध्यार्थीको खेलकोलागि म्याट आवस्यक रहेको, स्कुल बस आवस्यक भएको, पूराना ठुला रुख कटान गर्नु पर्ने, बिजुलीको पोल तार ब्यवस्थित गर्नु पर्ने, टोल बिकास संस्था प्रभाबकारी बनाउनु पर्ने, मोटर बाटो ब्यवस्थित नभएको, अनुगमन प्रभाबकारी गर्नु पर्ने, खाने पानी, स्थानिय आधारभुत बिद्यालयको संरचना मर्मत र पून निमार्ण गर्नु पर्ने र स्थानिय संगको समन्वयमा बिकास काम गर्न सुझाब जिज्ञासा र गुनासा ब्यक्त गरेका थिए ।
उठाईएका जिज्ञासा र गुनासाको जवाफदेही बक्ता गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सुझाब ग्रहण गर्दै सबै क्षेत्रका जिज्ञासा र गुनासाको सम्बोधन गर्दै आगामी दिनमा प्राप्त सुझाब अनुसा प्रभाबकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
यस्तै अन्य जवाफदेही बक्ताहरु गाउँपालिका उपाध्यक्ष मिनादेबी गौतमले । अनुगमन ,न्यायिक समितिले गरेका कामको जानकारी दिदै जवाफ दिनु भएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेय, चौमासिक प्रगती बिवरण, अधिल्लो सार्वजनिक सुनुवाई पछि सुभााव, सल्लाह, गुनासो तथा प्रश्नहरुको समाधान र कार्यान्वयन समेतको जनकारी गराउनु भएको थियो ।
बनबावरण तथा बिपद ब्यवस्थापन समिति संयोजक तथा वडा नं. १ का अध्यक्ष नवराज बिकले बन र रिडीमा रहेको स्वास्थ्य केन्द्रको सेवा ब्यवस्थापनका बारेमा जवाफ दिनु भएको थियो ।
आर्थिक बिकास समिति संयोजक तथा वडा नं. २ का अध्यक्ष घनश्याम अर्यालले सेवाग्रहीले सोधेका कृषी, पशु,सहकारी ,पर्यटनका बारेमा जवाफ दिनु भएको थियो ।
समाजिक बिकास समिति संयोजक तथा वडा नं. ३ का अध्यक्ष शेषनारायण पौड्याल । शिक्षा युवा खेलकुद, स्वस्थ्य, खानेपानी र बिद्यालयको करेसाबारी कार्यक्रमको बारेमा उठाईएको प्रश्नको जवाफ दिनु भएको थियो ।
भौतिकपूर्वाधार बिकास समिति संयोजक तथा वडा नं. वडा नं. ४ का अध्यक्ष मोतिप्रसाद श्रेष्ठले बिकास निर्माणका बिषयमा छलफलको लागि आफु सधै तयार रहेको बताउदै भौतिकपूर्वाधार दिगो बनाउन सबैले निगरानी गर्नु पर्ने बताउनु भयो ।
स्थानिय सरकारका प्रवक्ता तथा वडा नं.५ का अध्यक्ष हरिप्रसाद ज्ञवालीले सेवा प्रवाहको सुचना बाट कोही पनि बञ्चित हुन नहुने बताउदै आ-आफ्नो ठाउँबाट सबै जिम्मेवार हुन आग्रह गर्नु भएको थियो ।
यस्तै आर्थिक बिषयमा सेवाग्राहीले उठाएको जिज्ञासा लेखा शाखा प्रमुख हेम ब. कार्कीले जवाफ दिनु भएको थियो भने सहकारीका बिषयमा सहकारी शाखाका दामोदर ज्ञवालीले जवाफ दिनु भएको थियो ।