कालिदास आत्रेय
मंसिर १७
छत्रकोट गाउँपालिका गुल्मीको आयोजनामा दोस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता हिजो बाट सुरु भएको छ।
गाउँपालिकाभित्रका खेलाडीहरूको क्षमता पहिचान गर्ने उद्देश्यले खर्ज्याङखेल मैदानमा प्रतियोगिता सुरु गरिएको हो।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा वडा स्तरीय भलिबल प्रतियोगिता पुरुष र महिला, ब्याडमिन्टन र क्रिकेट लगायतका विधाका प्रतियोगितात्मक खेलहरु सञ्चालन हुने भएका छन्।
गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रमा पूर्व गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त, गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुन ,सम्पूर्ण वडाका वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरु लगायतको आतिथ्यता रहेको थियो ।
वडा नम्बर ६ दौघाका वडा अध्यक्ष नारायण रेश्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बाबुराम सुनार, सिमा पन्थ, कान्ता भट्टराई ज्ञवाली,अजित श्रीपाली,हरि प्रसाद चुदाली,मनिराम न्यौपाने, गोबिन्द भट्टराई , महिमा पन्थ र बिनिता पन्थको टोलीले स्वागत गीत र नृत्य प्रस्तुत गरेका थिए।
सो अवसरमा जनमाविका विद्यार्थीहरूले आकर्षक मार्च पास गरेका थिए। आत्मबोध मा वि का विद्यार्थीहरूले पञ्चेबाजा प्रस्तुत गरेका थिए भने बद्री घिमिरेले कविता वाचन , बाबुराम सुनारले गीत प्रस्तुत र आदर्श आधारभूत विद्यालयका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुन र गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख टीकाराम आचार्यले गर्नुभएको थियो।