मंसिर १८
छत्रकोट गाउँपालिका गुल्मीले महिला सामुदायिक स्वास्थ्य स्वंय सेविकालाइ सम्मान गरेको छ ।
पालिका भित्र कार्यरत ८६ जना महिला सामुदायिक स्वास्थ्य स्वंय सेविकालाइ टिका ,माला ,सम्मानपत्र र जाकेट प्रदान गरेर आज सम्मान गरेको हो ।
त्यसै गरी प्रत्येक वडाबाट स्थानीय स्वास्थ्य व्यवस्थापन समितिको सिफारिसमा ६ जना स्वयं सेविकालाइ शल र प्रमाणपत्र सहित सम्मान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता पालिका स्तरीय महिला सामुदायिक स्वास्थ्य स्वंय सेविका समितिका अध्यक्ष सावित्रा ज्ञवालीले गर्नु भएको थियो ।
कार्यक्रममा स्वयं सेविका सीता भण्डारी,स्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापा,सामाजिक विकास समिति संयोजक गुणाकर ज्ञवाली पालिका अध्यक्ष राम प्रसाद पाण्डेयले सुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा पालिका अध्यक्षले सरकारको दिगो विकास लक्ष्य र स्थानीय सरकारको नीति अनुरूपको लक्ष्य प्राप्त गर्न अवैतनिक रुपमा क्रियाशील स्वयं सेविकाको भुमिका महत्वपूर्ण रहेको बताउदै, स्थानीय सरकारले देशमै पहिलो पटक संचालन गरेको ६० बर्ष उमेर पछि अनिवार्य अवकास हुने स्वयं सेविकालाइ निवृत्तिभरण कार्यक्रम सुरुवात गरेको र महिला स्वास्थ्य स्वयं सेविको सिप दक्षतामा वृद्दि गर्न भ्रमण तालिम लगायतका कार्यक्रम संचालन गर्ने बताउनु भयो ।
कार्यक्रममा स्वागत गर्दै स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेलले, महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका कार्यक्रम बारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको संचालन सिअहेव सपना टण्डनले गर्नु भएको साथै कार्यक्रमको व्यवस्थापनमा स्टाफ नर्स मुना सर्तुङ्गे र प्रविधिमा विनोद न्यौपानेले सहयोग गर्नु भएको थियो । कार्यक्रममा स्थानीय राजनैतिक पार्टीका प्रमुख प्रतिनिधि र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो