मंसिर १९
डिसेम्वर ३ अर्थात अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अटिजम पाठशाला नेपाल गुल्मीले हिजो शान्ति पदयात्रा सहित ३३औं अपाङ्गता दिवस मनाएको छ ।
संस्थाका स्वयंसेवक, विध्यार्थी, अभिभाबक तथा जनज्योती माध्यमिक विध्यालय रिमुवाका शिक्षक तथा विध्यार्थीहरु तथा रुरुक्षेत्र गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष नवराज वि क, रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्ष रोमनाथ पौडेल, समाजसेवी हिमाल श्रेष्ठ लगायतले, रिडी बजारमा दया होईन अवसर दिऊँ,पहुँचयुक्त भविश्य बनाउनेछौं अवश्य, खुलेर बोलौ विभेद रोकौं, हाम्रो प्राथमिकताको आधार अपाङ्गता भएका व्यक्तिको अधिकार अपाङ्गता भएका व्यक्तिहरुलाई समावेश गरौ, समावेशी तथा दिगो भविश्यको पूर्वाधार अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार, अपाङ्गता भएका व्यक्तिहरुलाई मर्यादित शव्द प्रयोग गरौं, मानवमैत्री भौतिक संरचना निर्माण गरौं, अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा आजको आवश्यकता, समावेशी शिक्षा आजको आवश्यकता, मैले पढने स्कुल खोई?, जब बन्छन अपाङ्ग रोजगार तब बन्छ समुन्नत समाज लेखिएका प्लेकार्ड सहित शान्ति पदयात्रा कार्यक्रममा सरिक हुनुभयो ।
शान्ति पदयात्रा कार्यक्रम पछि अटिजम पाठशाला नेपालको सभाहलमा आयोजित कोणसभामा संस्थाका अध्यक्ष लक्ष्मी देवी पन्थको अध्यक्षता रहेको थियो । कोणसभामा संस्थाका आजीवन सदस्य, जग्गादाता, अक्षयकोषदाता, अपाङ्गता भएका व्यक्तिहरु तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।
३३औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको थिम “समावेशी तथा दिगो भविश्यको पूर्वाधार अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार” बाचन गर्दै प्रमुख आतिथी नेपाल सरकारका पूर्व सांसद सांसद कमलराज श्रेष्ठले कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो ।
सर्जक रेणुका पन्थीले सुभकामना शीर्षकको कविताले अतिथीहरुलाई स्वागत गर्नुभयो । सर्जक ऋषीराम ज्ञवालीले अपाङ्गता संम्वन्धी कविता र संस्था प्रमुख अमृता कंडेलले अटिजम यात्रा शीर्षकको लेख प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा केसव कंडेल तथा विकल पौडेलले संस्थाको आजीवन सदस्यता लिनुभयो। प्रमुख अतिथी कमलराज श्रेष्ठले धर्मशास्त्रहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई होच्याएको भन्दै धर्मशास्त्रलाई मिलाएर वुझ्न सुझाउनुभयो ।
विशिष्ट अतिथी पाल्पा जिल्ला समन्वय समिति सदस्य वसन्ता ज्ञवाली तथा वडाध्यक्ष रोमनाथ पौडेलले अपाङ्गता दिवसको शुभकामना दिंदै संस्थालाई अगाडि बढाउन सबैलाई हातेमालो गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।
जनज्योती मा वि का शिक्षक शशी घिमीरे, मनिषा घिमीरे तथा विशाल पुवारले अपाङ्गता संम्वन्धी गीत प्रस्तुत गर्नुभयो भने प्रेम गौतमले कोडसभामा वोल्दै अपाङ्गता भएका व्यक्तिहरुलाई दया होईन अवसर चाहिन्छ भन्नुभयो ।
कार्यक्रमको सञ्चालन संस्थाका अभिभावक, संस्थापक र स्वयंसेवक बिष्णुप्रसाद भण्डारीले गर्नु भयो ।