कालिदास आत्रेय
मंसिर १९
छत्रकोट गाउँपालिका गुल्मीको आयोजनामा दोस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता हिजो सम्पन्न भएको छ।
प्रतियोगितामा, भलिबलतर्फ पुरुषतर्फ वडा नम्बर ४ दिगाम प्रथम ,वडा नं ३ हर्दिनेटा द्वितीय र वडा नम्बर २ पल्लिकोट तृतीय भएका छन्। महिला भलिबल तर्फ वडा नम्बर ४ दिगाम प्रथम, वडा नम्बर ६ दौघा द्वितीय र वडा नम्बर २ पल्लिकोट तृतीय भएका छन् ।
त्यसैगरी ब्याडमिन्टन खुल्लातर्फ वडा नम्बर ६ दौघा ,प्रथम वडा नं ३ हर्दिनटा द्वितीय र वडा नम्बर ३ हर्दिनेटाको अर्को समूह र वडा नम्बर ५ खर्ज्याङ्ग तृतीय भएका छन्।
व्याडम्यान्टीन भेन्ट्रान्स तर्फ वडा नम्बर ३ हर्दिनेटा प्रथम , वडा नम्बर ५ खर्ज्याङ्ग द्वितीय र वडा नम्बर २ पल्लीकोट र वडा नम्बर ३ हर्दिनेटा तृतीय भएका छन ।
क्रिकेट तर्फ वडा नम्बर १ हुगा प्रथम, वडा नम्बर ४ दिगाम द्वितीय र वडा नम्बर ६ दौघा तृतीय भएका छन ।
छत्रकोट गाउँपालिका वडा नम्बर ६ को खर्ज्याङ खेलमैदानमा मंसिर १६ गते बाट तीन दिनसम्म सञ्चालित प्रतियोगितामा वडा स्तरीय भलिबल प्रतियोगिता महिला र पुरुषका १२ समूह बीच प्रतिस्पर्धा भएको थियो।
त्यसैगरी ब्याडमिन्टन प्रतियोगितामा पालिकाभित्रका ६ वटा वडाका खुल्लातर्फ २८ समूह बीच प्रतिस्पर्धा भएको थियो भने भेन्ट्रान्स तर्फ ८ समूह बीच प्रतिस्पर्धा भएको थियो ।
क्रिकेट खेलमा ६ समूहको बीच प्रतिस्पर्धा भएको थियो।
छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न समापन समारोहमा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली , सम्पुर्ण वडाका वडा अध्यक्षहरु लगायत जनप्रतिनिधिहरु ,पुर्ब वडा अध्यक्षहरु, खेलकुद प्रबर्धन समितिका अध्यक्ष लगायत पदाधिकारीहरु, राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका र विद्यालयका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियोे।
विजयी खेलाडीहरुलाई टफी , मेडल, प्रमाणपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियोे ।
खेलका रेफ्रीहरुलाई पनि सो अबसरमा सम्मान गरिएको थियोे । कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष पाण्डेयले विजयी खेलाडीहरुलाई बधाई दिदै खेलकुदको माध्यम बाट छत्रकोट्को चिनारी गराउनु पर्ने कुरामा जोड दिनुुभएको थियोे ।
कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख टिकाराम आचार्य ले गर्नु भएको थियोे ।