देशको पश्चिमी र मध्य भूभागमा वर्षा : गुल्मी अर्घाखाची पाल्पा बाग्लुङ्ग लगायतका क्षेत्रमा पनि मौसममा बदलि ।
देशको अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ। मेडिटेरानियन समुन्द्रबाट आएको जलवाष्पयुक्त हावाका कारण मंगलबार पश्चिमी र केही पूवी क्षेत्रमा वर्षा भइरहेको महाशाखाको भनाइ छ। देशको पश्चिमी र मध्य भूभागमा पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी क्षेत्र र काठमाडौं उपत्यका लगायत पूर्व क्षेत्रको केही स्थानमा मेघगर्जनसहितको वर्षाको भइरहेको मौषमविद् मिनकुमार अर्यालले बताए बुधबार अपरान्हबाटबाट मौषममा सुधार हुने मौसमविद् अर्यालको भनाइ छ। गुल्मी अर्घाखाची पाल्पा बाग्लुङ्ग लगायतका क्षेत्रमा पनि मौसममा बदलि भईरहेको छ ।