अनिल खत्री
१७ जेठ, गुल्मी -गुल्मीमा क्वारेन्टाइनमा बसेका एक जनाले आत्महत्या गरेका छन् ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–४ दिगाम स्थित आर्दश माबिको क्वारेन्टाइनमा बसेका ५६ वर्षिय चन्द्र बहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्ष (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।शनिवार बिहान भारतबाट आएका ति व्यक्तिलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो । भारतबाट आउनेहरुलाई गाउँपालिकाले उद्धार गरेर ल्याएर क्वारेन्टाइनमा राखेको थियो । साँझ ट्वाइलेट जान भनि हिडेका परियार नजिकै रहेको रुखमा टाबेलको पासो लगाएर झुण्डीएर आत्माहत्या गरेको छत्रकोट गाउँपालिका वडा नम्बर–४ का वडाअध्यक्ष डिलाराम न्यौपानेले बताए ।
साँझ खोज्ने क्रममा रुखमा झुण्डीएको अबस्थामा फेला परेको न्यौपानेले बताए । शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याउने क्रममा रहेको छ ।