चुरामणी तिमेलसेना
जेठ २८
रिडी माध्यमिक बिद्यालय रिडी गुल्मीमा आत्मबल बढाउन तथा मनोबल उत्साहका लागी क्वारेन्टीनमा बसेकाहरूलाई प्रक्षिरण गरिएको छ । नेपाल सरकारका पूर्व मुख्य सचिब तथा चिनका लागी नेपाली पूर्वराजदुत लीलामणि पौंडलले आफूले चीनमा रहदाँ जानेका र देखेका बिषयहरुलाई केन्द्र बिन्दु बनाएर जानकारी गराउनू भएको थियो । कार्यक्रमा रुरुक्षेत्र गाउँपालिकाकी उपध्यक्ष लक्ष्मी देबी पन्थ, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारी रुरु १ का रामलाल बिक रुरु ५ का हरी प्रसाद ज्ञवाली, इलाकÞा प्रहरी कार्यालय रिडीका प्रहरी नायब नीरक्षक सालिकराम थापा, रुरु प्राथमिक स्वास्थ्य चौंकींका प्रमुख डा.सुबोध ज्ञवाली पत्रकार वार्ड सचिब बिधालयका प्रधानाधयपक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपाध्याक्ष पन्तले हाल सम्म गाउँपालिकाले २५ सैंयाको आइसुलेसन वार्ड तयारी गरीरहेको ६० जनाको आरडीटी र २५ जनाको पिसीआर गरिएको जानकारी दिनुभयो ।
रुरु ४ का ३२ बर्षयी पुरुषलाई कोरोना पोजेटिभ देखिएकोले उनलाई थप उपचारका लागी शनिवार नई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगियको रुरु स्वास्थ शाखाले जनाएको छ । उनको अवस्था पनी सामान्य रहेको स्वास्थ्य साखा प्रमुख अधिकारिले बताउनूभयो । यो समाचार तयार पारदाँ सम्म पालिकाले १६ बिधालयमा २५७ जना कवारिटीनमां समेत राखेको रुरु ५ का हरी प्रसाद गेवालीले बताउनूभयको रुरु बाट सहकर्मी साथी चुरामणिले समाचार पठाउनूभयको छः