असार ९
तानसेन नगरपालिका–१२, बौघापोखराथोकको लुहुङमा पार्किङ गरिराखेको बस गएराती बगाएको छ ।
पार्किङमा राखेको बस माथिबाट खसेको पहिरोले १० मिटर बढी बगाएको स्थानीय माधव पौडेलले बताए । उनका अनुसार लुहुङ गाउँकै धनबहादुर विकको लु १ ख ९९७१ नम्बरको बसको आधाभन्दा बढी भाग पुरेको छ ।
पहिरोले पार्किङ गरेको स्थानबाट केही तल बगाएको छ । पार्किङ गरेर राखेको बस भएकाले मानवीय क्षति भने हुन नपाएको उनले बताए । श्रीनगर यातायात व्यवसायी प्रालिका कार्यालय प्रमुख भविन्द्र गौतमले पहिरोले बस पुरिएको र स्थानीय बासिन्दाले पहिरो हटाएर बस सुरक्षित गराउने प्रयास गरेको बताए ।