राधा पोख्रेल
असार ६ ,तम्घास – गुल्मीमा पछिल्लो समय कोरोना संक्रमितहरु घटिरहेका छन ।
गएको २४ घण्टामा सबैभन्दा थोरै २ जनामा संक्रमण पुष्टि भएको छ ।एन्टीजेन परिक्षण गर्दा २ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । इस्मा गाउपालीकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४घण्टामा ७१ जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संिक्रय संक्रमित २०४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८९ जनाले ज्यान गुमाएका छन ।