चुरामणि तिमिल्सिना,
असार ७ ,रिडि – पाल्पाको रिब्दिकोट गाउँपालिकामा ११ ओटा स्वास्थ्य सस्थाहरुको मासिक समिक्षा बैठक सम्पन्न भएको छ ।
स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि. सिको प्रमुख आथित्यता , उपाध्यक्ष लक्ष्मी खनाल, प्रमुख प्रशासकिय अधिकृत प्रेम चन्द्र अर्यालको बिशिष्ट आथित्यता रहेको थियोे ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका खोप अधिकृत ओम पन्थी , परिवार नियोजन संघ पाल्पाका सुपरभाइजर निरिक्षक प्रभाष पन्थीको आथित्यता रहेको थियो ।
कार्यक्रमका अध्यक्ष तथा स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो। कार्यक्रममा स्वास्थ्य सस्थाका प्रमुखहरुले स्वास्थ चौकिमा भएगरेका प्रगति विवरण प्रस्तुत गर्दै समस्याहरु समेत प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष जि.सि ले पालिकामा अग्र पन्क्तिमा खटियर काम गरिरहेका स्वास्थकर्मि ,सुरक्षा निकाय, पत्रकार , कर्मचारीहरुलाइ धन्यवाद दिदै स्वास्थ्य क्षेत्रमा सुधार गर्न विनोयोजित बजेट सम्पुर्ण यसैमा मात्र खर्च गरिने र अभाव भएमा प्रदेश सरकार र केन्द्रिय सरकारसग माग पनि गर्ने बताउनु भयो।
यस्तै विशिष्ट अतिथि खनाल र अर्यालले स्वास्थ्य क्षेत्रमा कमि कमजोरी नगराउन नियमित रुपमा अवलोकन गरिरहेका, कोरोना पोजिटिभ भएकालाइ स्वास्थ्य सस्था सम्म पुर्याउन ३ एम्बुलेन्स सन्चालन गरिएको, घरघरमा स्वास्थ्यकर्मिलाइ परिचालन गरि औषधि वितरण ,स्वास्थ परामर्श पनि गर्दै आएको बताउनुभयो। कार्यक्रममा स्वास्थ्यकर्मिहरुले राखेका जिज्ञासाको कार्यक्रमका अध्यक्ष सुनिल अधिकारीले जवाफ दिनुभएको थियो ।