जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको हुँदा धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले आज बिहान मौसमबारे जानकारी दिँदै देशभर सामान्यदेखि पुर्ण बदली रहेको जनाएको हो ।
प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनर चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १ बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।