राधा पोख्रेल
असार २६ ,तम्घास – गुल्मीमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।
मुसिकोट नगरपालीकामा १ जना, कालीगण्डकी गाउपालीकामा १ जना ,रुरुक्षेत्र गाउपालीकामा १ जना र इस्मा गाउपालीकामा १ जना गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लामा संक्रिय संक्रमित ५ सय ३२ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९१ जनाले ज्यान गुमाएका छन ।