असार २८
सर्वोच्च अदालतले फेरि प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि पुनर्स्थापनाको आदेश दिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, ईश्वरीप्रसाद खतिवडा र आनन्द मोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई बदर गरिदिएको हो ।
संवैधानिक इजलासले राष्ट्रपतिको सो निर्णयलाई बदर गरेसँगै प्रतिनिधिसभा पुनर्स्थापित भएको छ । सर्वोच्चको आदेशअनुसार २०७८ साउन ३ गते आइतबार अपराह्न ५ बजेभित्र प्रारम्भ हुनेगरी संसद्को अधिवेशन बोलाउनु पर्ने भएको छ ।