राधा पोख्रेल
असार २९ , तम्घास – गुल्मीमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ४ जना र एन्टिजेन परिक्षणमा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
चन्द्रकोट गाउपालीकामा ४ जना,रुरुक्षेत्र गाउपालीकामा ३ जना,कालीगण्डकी गाउपालीकामा २ जना,रेसुंगा नगरपालीका ,मुसिकोट नगरपालीका र छत्रकोट गाउपालीकामा १–१ जना गरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा संक्रिय संक्रमित ४ सय ७३ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो २४ घण्टामा १६ जना डिस्चार्ज भएका छन । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९१ जनाले ज्यान गुमाएका छन ।