राधा पोख्रेल
साउन १ , तम्घास – गुल्मीमा पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ४ जना र एन्टिजेन परिक्षणमा २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
रुरुक्षेत्र गाउपालीकामा १२ जना, धुर्कोट गाउपालीकामा ६ जना,कालीगण्डकी गाउपालीकामा ५ जना, चन्द्रकोट गाउपालीकामा ३ जना,रेसुंगा नगरपालीकामा २ जना, छत्रकोट गाउपालीकामा २ जनागरि ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा संक्रिय संक्रमित ४ सय २८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो २४ घण्टामा ५९ जना डिस्चार्ज भएका छन । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९१ जनाले ज्यान गुमाएका छन ।