गुल्मीमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि
गुल्मीमा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षण गर्दा ९ जना र ऐन्टिजेन परिक्षणको क्रममा २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।
रेसुङ्गा नगरपालिकामा १ जना, मुसिकोट नगरपालिकामा २ जना, मदाने गाउँपालिकामा १ जना, धुर्कोट गाउँपालिकामा २ जना, सत्यवती गाउँपालिकामा ३ जना, रुरुक्षेत्र गाउँपालिकामा १७ जना, छत्रकोट गाउँपालिकामा ८ जना र गुल्मीदरवार गाउँपालिकामा १ जना गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २८ जना डिस्चार्ज भएका छन ।
जिल्लामा संक्रिय संक्रमित ४ सय ४२ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९२ जनाले ज्यान गुमाएका छन ।