काठमाडौँ – सरकारले अत्यावश्यक काम नपरी विदेश नजान आग्रह गरेको छ ।
कोभिड १९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई ध्यानमा राखेर सरकारले अत्यावश्यक काम नपरी विदेश नजान आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा सङ्क्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म यो भेरियन्ट नेपालमा फेला परेको छैन । यद्यपि सावधानीस्वरूप अत्यावश्यक नपरी विदेश नजान अनुरोध गरिएको हो।
उहाँले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी र परीक्षणको दायरालाई फराकिलो पारिएको बताउनुभयो ।
नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाइ नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको अवस्था छ, उहाँले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ ।
मन्त्रालयले कोभिड–१९ वि?द्धको खोपले कोभिड–१९ बाट बचाउन मद्दत गर्ने भएकाले आफूलाई पायक पर्ने ठाउँमा गइ खोप लगाउन पनि अनुरोध गरेको छ ।
मन्त्रालयको बिज्ञाप्ती
