राधा पोख्रेल / श्रृंगा
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर बिधिबाट गरिएको परिक्षणको क्रममा १ जना र एन्टिजेन विधिबाट गरिएको परिक्षणको क्रममा २ जना गरि ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । परिक्षणको क्रममा जिल्लाको गुल्मीदरबार गाउँपालिकामा २ जना र रेसुंगा नगरपालिकामा १ जना गरि ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा २ जना पुरुष र १ जना महिला रहेका छन् । ५ जनामा गरिएको परिक्षणको क्रममा ३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या २ सय ५४ जना पुगेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९७ जनाले ज्यान गुमाएका छन ।