रामकृष्ण कडेल / माघ २
गुल्मीको गुल्मीदरबार गाउँपालिकाको बडा नम्बर ३ गौडाकोट म्यालपोखरी स्थित देउराली डाडा जङ्गलमा तिन दिनमा तिनबटा सवारी साधन दुर्घटनामा परेका छन । पहिलो दिन डबल क्याब जिप,दोस्रो दिन हिजो शनिबार पोखरा फर्किदै गरेको कार र आइतबार आज बिहान लु २ ख २९८१ नम्बरको टिप्पर दुर्घटनामा परेको र तिनै दुर्घटनामा मानवीय क्षती नभएको ट्राफिक प्रहरी जवान बिजय कुमार यादवले बताउँनु भएको छ । सडक शितले चिप्लो भएको कारण तिनवटै दुर्घटना भएको बताइएको छ ।