चुरामणि तिमिल्सीना/रिडि
गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक , पौराणिक, एतिहासिक एवम् पर्यटकीय पबित्र तिर्थ स्थल रुरु क्षेत्र धाम रिडीमा परापुर्वक काल देखिनै लाग्दै आएको माघेसन्क्रान्ती मेला २०७८ सम्पन्न भएको छ।

तीन जिल्लाको संगममा स्नान गरि भगवान हृषीकेशको दर्शन गर्नाले देब ऋण , पित्री ऋण र ऋषि ऋण बाट मुक्त भैइने हुनाले रुरु धाममा भक्तजनहरु आइ स्नान गरि दर्शन गर्दछन ।

यश बर्ष कोरनाको महामारि भएको कारणले सोचे अनुसारको चहल पहल देखियन ।यहाँ बढी मात्रमा राडिपाखी , ओखर हाजी , बास बाट बनेका हस्त सामाग्री ,न्यानो कपडा , टिमुर , सुन्तला खुदो, गुण ,अचार , सिद्रा लगायतका सामाग्रीहरु बिक्रि बितरण भएको थियो।

यश बर्ष पाल्पा गुल्मी स्याङ्जा अर्घाखाँची रुपन्देही पर्वत नवलपरासी , रुकुम रोल्पा दाङ बर्दिया ,हुम्ला, जुम्ला बाट व्यापार गर्न तथा दर्शनको लागि रुरुमा भक्तहरू आयका रुरु फेड्ण्स कलबका सचिब राजेन्द्र जबराले जान्कारी दिनुभयो ।

मेलामा सास्कृतिक कार्यक्रम नभएता पनि मेलाको अन्तिम तिर कालीगण्डकी तटमा किन मेलमा कमि भनी देखियन । यश मेलामा करिब २ करोड बराबरको आर्थिक कारोबार भएको आयोजक सस्थाहरुले जान्कारी दिए ।मेलालाइ सम्पन्न गर्न अहोरात्र खटिने सुरक्षा निकाय पत्रकार , स्वास्थ कर्मी लगायतलाई रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष रामलाल बिकले धन्यवाद व्यक्त गर्नु भयो।

यस्तै मेलाअबधिभर कुनै अनि अपृय घटनाहरु नभएको शान्तिपूर्ण पुर्ण रुपमा सम्पन्न गराउन पाउदा सबैमा खुशी छाएको तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष कमल रानाले जानकारी दिनुभयो।

यस्तै स्याङ्याको तटमा मगर समुदायका विभिन्न परिकारहरुको पहिचान स्टलनै राखी प्रचारप्रसार गरिएको कालीगण्डकी गाउँपालिका वडा न १ का वडा अध्यक्ष सोभिलाल चौतारेले जानकारी दिनुभएको छ ।