काठमाडौं,माघ ६ – लोक सेवा आयोगले माघ मसान्तसम्म लिखित परीक्षाहरु स्थगित गरेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै आयोगको विहीबार बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।यही माघ ११ गतेदेखि उप–सचिवको परीक्षा तय भएको थियो, भने संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । तर, उक्त परीक्षाहरु हाललाई स्थगित गरिएका छन् ।