राधा पोख्रेल/गुल्मी
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमण पुष्टि हुनेमा सत्यवति गाउपालिकामा १६ जना,इस्मा गाउपालिकामा १० जना , रुरुक्षेत्र गाउपालीकामा १० जना,रेसुंगा नगरपालिकामा ५ जना ,छत्रकोट गाउपालिकामा ४ जना र मदाने गाउपालिकामा १ जना गरि ४६ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये २५ जना पुरुष र २१ जना महिला रहेको छन । यो सगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या १ सय ९४ पुगेको छ ।