राधा पोख्रेल/गुल्मी
गुल्मीमा पिकअप गाडी दुर्घटना भएको छ।

जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ९ ददल्का बुकीडाँडा स्थित वामी शान्तिपुर सडक खण्डमा पिकअप गाडी दुर्घटना भएको हो। गाडी २५ मिटर भन्दा तल पुगेको छ। गाडिमा सवार ७ जना घाइते भएका छन । लु १ च ७२९८ नम्बरको पिकअप गाडी ददल्का उर्लेनी बाट बाग्लुङको भालुपाइलेको लागि छुटेको थियो।

घाईते चालकसहित ५ जनालाई थप उपचारको लागि पाल्पा तर्फ पठाईएको गुल्मीका प्रहरी नायव उपरीक्षक डिएसपि माधव खरेलले जानकारी दिनुभयो । २ जनाको अवस्था सामान्य रहेको उहाले बताउनुभएको छ । उक्त स्थानमा प्रहरी नायव निरिक्षक जनक थापाको कमाण्डमा ५ जनाको टोली खटिएको छ । घाइतेको पहिचान खुल्न बाकी रहेको छ ।