राधा पोख्रेल/गुल्मी
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमण पुष्टि हुनेमा मालिका गाउपालिकामा १० जना,सत्यवति गाउपालिकामा ९ जना , रुरुक्षेत्र गाउपालीकामा ८ जना,कालीगण्डकी गाउपालिकामा ७ जना,चन्द्रकोट गाउपालिकामा ३ जना, छत्रकोट गाउपालिकामा २ जना र धुर्कोट गाउपालिकामा १ जना गरि ४० जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये १९ जना पुरुष र २१ जना महिला रहेको छन । यो सगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या २ सय ३४ पुगेको छ ।