चुरामणि तिमील्सीना /रिडि
पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली कुसेनिमा दिनहु बाघको आतंक बढेको छ। कुसेनी मगर बस्ती बिध्यालय परिसर र घर आगनमा बाघ आउने कराउने गर्दा गाउँनै आतन्कित भएको आनन्द परियारले जानकारी दिनु भयो । उहाँले अहिले केही दिन्मा आफ्ना खोरमा बढी तौल भएका धुनेका खसी बोका कुकुरहरु समेत बाघले संघसाझ नै खोर बाट निकालेर र बनमा चराउन लैजादा बाघले खाएको बताउनु भयो । लामो समय देखि बाघ बाट हैरानी खेप्दै आएका कुसेनिका परियार टोल र बाहुन गाउँमा अहिले सम्म आफुहरुले निकास नपाएको स्थानिय गोबिन्द ज्ञवालीले बताउनुभयो ।यसरी लगातार आतन्कित हुने हो भने गाउँमा बस्न पनि नहुने आफ्नो बास नै नहुने परियारले बताउनु भएको छ ।