राधा पोख्रेल/गुल्मी
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा १ सय १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । १ सय ८० जनाको परिक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि हुनेमा कालीगण्डकी गाउपालिकामा ३१ जना,रुरुक्षेत्र गाउपालिकामा १७ जना ,छत्रकोट गाउपालिकामा १२ जना, रेसुंगा नगरपालिकामा ११ जना,मालिका गाउपालिकामा ११जना,, मुसिकोट नगरपालीकामा ९ जना, चन्द्रकोट गाउपालिकामा ६ जना, सत्यवति गाउपालिकामा ५ जना,धुर्कोट गाउपालिकामा ४ जना,गुल्मीदरबार गाउपालिकामा ३ जना , मदाने गाउपालिकामा ३ जना र इस्मा गाउपालिकामा ३ जना गरि १ सय १५ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये ६६ जना पुरुष र ४९ जना महिला रहेको छन । यो सगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ४ सय ७६ पुगेको छ ।