गुल्मी, माघ १२ – गुल्मीको धुर्कोट गाउँपालिकाको केन्द्र रहेको वर्वोट बजारका दुई वटा पसलमा आगोलागि भएको छ । त्यस पालिका–४ वर्वोट बजार स्थित गोमा भण्डारी किराना पसल र विन्दु बस्नेतको फेन्सी पसलमा गएराती अज्ञात समुहले आगोलागि गराउँदा करिव ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी माधव प्रसाद खरेलले जानकारी दिए । खरेलले भने –‘गएराती नै वस्तु प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी खपिटएको थियो , पुर्कोट ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट पनि अहिले टोली थप अनुसन्धानका लागि प्रहरी त्यहाँ पुगेको छ । ’