राधा पोख्रेल
गुल्मी /माघ १५
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । १ सय जनाको परिक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि हुनेमा रुरुक्षेत्र गाउपालिकामा १७ जना, ,रेसुंगा नगरपालिकामा १५ जना, मालिका गाउपालिकामा ११ जना,छत्रकोट गाउपालिकामा ८ जना, सत्यवति गाउपालिकामा ७ जना, गुल्मीदरबार गाउपालिकामा २ जना , इस्मा गाउपालिकामा १ जना , धुर्कोट गाउपालिकामा १ जना र मदाने गाउपालिकामा १ जना गरि ६३ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये ३२ जना पुरुष र ३१ जना महिला रहेको छन । यो सगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ५ सय ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७ जना निको भएर डिस्चार्ज भएका छन ।