गुल्मी, माघ १६ -गुल्मीमा आईतबार देखि लक्षित वर्गलाई कोरोना बिरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद पौड्यालले बुस्टर खोप लगाएर बुस्टर खोप लगाउने कार्यको सुभारम्भ गरेका हुन् । रेसुङ्गा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक वोम अर्यालका अनुसार यसपाली लगाउन सुरु गरिएको बुस्टर खोप स्वास्थ्यकर्मी, महिला स्वयम सेवीका , कर्मचारी , सुरक्षा निकाय , सञ्चारकर्मी लगायत अग्रमोर्चमा रहेर काम गर्ने लक्षित वर्ग र ६२ बर्ष भन्दा माथीका नगरवासीलाई करिव ३ हजार ५ सय जनालाई लगाउने लक्ष्य लिईएको छ । यस अघि पुस ६ गते देखि १२ बर्ष देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई कोरोना बिरुद्धको पहिलो चरणको खोप लगाईएको थियो । सोह उमेर समुहलाई माघ ५ गते देखि दोश्रो चरणको खोप लगाउन सुरु गरिएको थियो । स्वास्थ्य संयोजक अर्यालका अनुसार हाल सम्म सो नगरपालिकाले १८ हजार भन्दा बढिलाई कोरोना बिरुद्धको खोप लगाई सकेको छ ।