स्वास्थ्य विमा कार्यक्रम रोकिएकोमा पाल्पा कांग्रेसको अपत्ती
पाल्पा, चैत २२
सरकारले स्वास्थ्य बीम गरएका बिरामीको उपचार खर्च बापतको खर्च सोध भर्ना नगराएको भन्दै केही अस्पतालले उपचार बन्द गराएको भन्दै पाल्पास्थित नेपाली कांग्रेसले आपत्ती जनाएको छ ।
नेपाली कांग्रेसका गगनकुमार थापा स्वास्थ्यमन्त्री हुँदा ल्याईको स्वास्थ्य बीमालाई विभिन्न बहानामा कमजोर गराउने प्रयत्न भैरहेको भन्दै बहाना बाजी नगर्न र सहज रुपमा सेवा निरन्तर गर्न पाल्पा कांग्रेसले अपिल गरेको छ ।
नेपालीकांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले स्वास्थ्य बीमा कार्यक्रम लागु भएका र कार्यान्वयनभएकाअस्पतालहरुमानियमितदाबीभुक्तानीगर्न आफूहरुले स्वास्थ्य बीमा बोर्डलाई ध्यानाकर्षण गराएका छन् । कांग्रेस सभापति श्रेष्ठ भन्छन् , ‘अस्पतालहरुले स्वास्थ्य बीमाको रकम उपलब्ध नभएको बहानामा जनतालाई सेवा नै नदिने घोषणा गर्न मिल्दैन । पार्टीको तर्फबाट हामीले प्रमुख जिल्ला अधिकारी तथा बीमा बोर्ड सम्म कुराकानीगरिरहेकाछौं । बक्यौता रकम पनि किस्ता किस्तामा प्राप्त भैरहेकै छ ।’
पाल्पा कांग्रेसले भनेको छ ‘२०७३÷०७४आर्थिक वर्षदेखीकै बक्यौता रहनुमा त्यस समयका सरकारको मुख्यजिम्मेवारी थियो र वर्तमान सरकार आईसकेपछि एक किस्ता रकम भने भुक्तानी गरेको छ ।अबउपचार पनि निरन्तर दिने र बक्यौता रकम पनि निकाशा हुँदै जाने गरि व्यवस्थापनहुनु आवश्यक छ ।यसम ाकांग्रेस पाल्पाको गम्भिर ध्यानाकर्षणभएको छ, जनताले सेवापाउनु नैसर्गिक अधिकार हो ।’
गत शुक्रबार युनाइटेड मिशनअस्पताल पाल्पाले सरकारले स्वास्थ्यबिमाका बिरामी उपचार खर्च वापत उपलब्ध गराउनुपर्ने १२ करोड ७लाख ३७हजार ५ सय ८७बक्यौता रकम वैशाख ५ गतेसम्म उपलब्ध नगराए ६ गतेदेखी सेवाकटौतीगर्ने भन्दै पत्रकार सम्मेलन गरेको थियो । त्यस्तै लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासले पनि गत कार्तिक महिना देखि सरकारले वक्यौता रकम उपलब्ध नगराएको भन्दै स्वास्थ्य बीमा गराएका बिरामीहरुके उपचार गराउन समस्या आएको भन्दै बिज्ञप्ती प्रकाशित गरेको थियो । गुल्मी र कपिलवस्तीका सरकारी अस्पतालले पनि सोही समस्या दर्शाउँदै आएका छन् ।