बिरबास स्वास्थ्य चौकीमा परिवार नियोजनका पाँच आधुनिक साधन सुनिश्चित भएको घोषणा ।
चैत २४
बिरबास गुल्मी
बिरबास स्वास्थ्य चौकी गुल्मीदरबार गाँउपालिका गुल्मीलाई परिवार नियोजनका पाँच आधुनिक साधनको उपलब्धता सुनिश्चित भएको स्वास्थ्य चौकी घोषणा गरिएको छ ।
विस्व स्वास्थ्य दिवसको अवसरमा एक समारोहका बिच परिवार नियोजनका पाँच आधुनिक साधनको उपलब्धता सुनिश्चित भएको स्वास्थ्य चौकी घोषणा गरिएको हो ।
बिरबास स्वास्थ्य चौकी बाट सेवाग्राहीले परिवार नियोजनका अस्थाई साधनहरु कन्डम,कपर टी, इमप्लान्ट,डिपो र पिल्स निशुल्क पाउने छन ।
घोषणा कार्यक्रमका प्रमुख अतिथी गुल्मीदरबार गाँउपालिको कार्यबाहक अध्यक्ष मिना भण्डारीले विस्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य चौकीको सेवा बसद्धी गर्न पाएकोमा खुसी ब्यक्त गर्दै, जीवनमा स्वास्थ्य सबै भन्दा ठुलो बिषय भएकोले परिवार नियोजन परिवारकै स्वास्थ्य संग सम्बन्धित रहेको बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले सुभकामना ब्यक्त गर्दै गाँउपालिकाले स्वास्थ्यका क्षेत्रमा ठुलो लगानी गरेको बताउनु भयो । गाउँपालिका भित्रका सबै स्वास्थ्य चौकीको स्तरउन्नती,सेवा बिस्तार र भौतिक बिकासको काम भई रहेको र बिरबास स्वास्थ्य चौकीको सुबिधा सम्पन्न आधुनिक भवन निर्माण ठेक्का भइ सकेको बतउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपती आचार्याले बृद्धीगरिएको सेवा निरन्तर गुणस्तरिय र प्रभाबकारी हरनुपर्ने बताउनु भयो । निकट भबिश्यमै अन्य स्वास्थ्य चौकीले पनि सेवा बिस्तार गर्ने बिस्वास ब्यक्त गर्नु भयो ।
स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले कार्यक्रमको उद्देश्य बताउदै सेवाग्राहीले धक लाज नमानी अस्थाई साधनको सेवा लिने वातावरण बनाउन जनस्तर बाटै चेतना बृद्धि गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष हरिबिरण ठकुरी,सुआहाराका पोषण अधिकृत लिला बहादुर नेपाली,ग्रिनबड बोर्डिङ्ग स्कुलका प्रिन्सीपल सन्तोष शर्मा,महिला स्वास्थ्य स्वयं सेबिका यमकली न्यौपाने,महिला स्वास्थ्य आमा समुहकी अध्यक्ष सुसिला पुन,रुन्खादह मा बि का शिक्षक देबेन्द्र मिश्र लगायतले सुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख इन्दु घमले स्वागत गर्नु भएको थियो। कार्यक्रम स्वास्थ्यकर्मी भुपेन्द्र कडेलले संचालन गर्नु भएको थियो ।
घोषणा सभाका सभापती एवं वडा अध्यक्ष खुम बहादुर पल्लीले धन्यबाद ज्ञापन गर्दै स्वास्थ्य चौकी भवन निर्माणमा ढिलाई भएको, महिला स्वास्थ्य स्वयं सेबिकाको सुबिधा थोरै भएको लगायतका बिषयमा गाँउपालिकाको ध्यानाकर्षण गराउनु भएको थियो ।