कात्तिक ८ गते मङ्गलबार खण्डग्रास सूर्यग्रहण, कुन राशीलाई कस्तो प्रभाब पर्छ ?
कात्तिक ४,
यही कात्तिक ८ गते मङ्गलबार, कार्तिक कृष्ण औँसीका दिन लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अति कष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गमा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फल अनुसार
मेष राशि भएकालाई स्त्रीपीडा,
वृष राशिकालाई सुख,
मिथुन राशिकालाई चिन्ता,
कर्कट राशि भएकालाई व्यथा र
सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ ।
कन्या राशि भएकालाई क्षति,
तुला राशिलाई घात,
वृश्चिक राशिलाई व्यय,
धनु राशिलाई लाभ
मकर राशिलाई सुखको फल रहेको छ ।
कुम्भ राशिकालाई माननाश र
मीन राशि भएकालाई कष्टको योग रहेको छ ।
दिउँसो ४ ५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ । ग्रहणकै अवस्थामा बेलुकी ५ २४ बजे सूर्यास्त हुनेछ ।
नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ । बेलुकी करिब साढे ७ बजेसम्म ग्रहण रहने जनाइएको छ । शास्त्रीय मान्यता अनुसार सोमबार राति ४ ५२ बजेदेखि नै बाल, वृद्ध र आतुर बाहेकलाई भोजन निषेध हुने पनि समितिको पात्रो पञ्चाङ्ग मा उल्लेख छ ।