नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गुल्मी जिल्ला सेक्रेटरी खिम खड्कालाई प्रहरिले गिरफ्तार गरेको छ । पार्टिको कामको सिलसिलामा बाटोमा हिडिरहेका खड्कालाइ सादा पोशाकमा आएका प्रहरीले गिरफ्तार गरेको नेकपा गुल्मीका इन्चार्ज पुर्ण बहादुर सिंहले जानकारी दिनु भयो । उहालाई रेसुङ्गा नगरपालिकाबाट गिरफ्तार गरिएको बताइएको छ । हालै मात्र १४ दिनको हिरासत बसाइ पछि फागुन ७ गते रिहाइ भएका उहालाई आज गिरफ्तार गरिएको हो।
जनताका घर बस्तिमा भेटघाट गर्दै हिड्का नेता कार्यकर्तालाइ गिरफ्तार गरेर सरकारले आफ्नो आयु आफै छोट्याउदै गएको प्रतिक्रिया दिदै सिंहले बिना सर्त रिहाईको माग गर्नु भएको छ । यदि बिना सर्त रिहाई नगरे कडा संघर्ष गरिने बताउनु भएको छ।