धरमपानी मानकोट उखु सहकारीको साधारणसभा सम्पन्न, पन्थको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ।
पुस ८
धरमपानी मानकोट उखु सहकारी संस्था लिमिटेड छत्रकोट गाउँपालिका ३ गुल्मीको साधारणसभा हिजो सम्पन भएको छ ।
सधारण सभाले शामलाल पन्थको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष कृष्ण बहादुर पन्थको सभापतित्वमा सम्पन्न सधारण सभाले उखु बिस्तार र ब्यवसायिक बनाउन सहकारीको कार्यक्षेत्र बिस्तार र उखु उत्पादकलाई एकिकृत गर्ने निर्णय समेत गरेको छ । सथै किसानको बक्यौता आगामी सिजनमा तिर्ने पनि बताईएको छ । उखु सहकारी र कृषकलाई आर्थिक टेवा दिन शेयर सदस्य विच वचत पनि संचालन संकलन गरिने भएको छ । मासिक रु २०० किस्ता उठाउने गरि माघ १० गतेवाट बचत सेवा सुरुगर्ने निर्णय पनि साधारण सभाले पास गरेकोछ।
धरमपानी मानकोट उखु सहकारी संस्था लिमिटेडले आधुनिक प्रबिधी मार्फत उखु क्षेत्र बिस्तार प्रशोधन र बजारिकणको काम गरि रहेको छ । ब्यवस्थापकिय समस्या उखु उत्पादन कम भएर र नयाँ प्रबिधी संचालनमा दक्ष जनसक्ति अभाबमा सहकारीले गति लिन सकेको छैन ।