एमालेको सचिवालय बैठकले बिभिन्न प्रदेशका ६ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्यो ।
पुस २०
नेकपा (एमाले)को सचिवालय बैठकले ६ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । प्रदेश अधिवेशन भएपछि जिम्मेवारीबाट बाहिरिएका विभिन्न प्रदेशका नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।
‘प्रदेश अधिवेशनपछि कतिपय प्रदेशका अध्यक्ष जिम्मेवारबाट बाहिरनुभएको छ । उहाँहरूलाई केन्द्रीय समितिमा मनोनयन गरिएको छ,’ आज पार्टी कार्यालय च्यासलमा बैठकका निर्णय जानकारी गराउँदै महासचिव शंकर पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार कोशी प्रदेशबाट तुलसीप्रसाद न्यौपने, बागमतीबाट केशवराज पाण्डे, कर्णालीबाट विनोद शाह, सुदूरपश्चिमबाट दामोदर भण्डारी र मधेशबाट राम अवतार यादवलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको एमालेले जनाएको छ । त्यस्तै पार्टी काममा रहेको भन्दै झापाका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको जानकारी पोखरेलले दिए ।