चैत २०
आज ६७औँ राष्ट्रिय सहकारी दिवस बिभिन्न कार्यक्रम गरि मनाइँदै छ।
सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ आज ६७औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै छ। २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा दिवस मनाइन्छ।
देशभर अहिले करिब ३० हजारको संख्यामा सहकारी रहेको तथ्यांक छ। यो क्षेत्रमा झण्डै ६० लाख सदस्य छन्। सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाखलाई अप्रत्यक्ष रोजगारी, कुल गार्हस्थ्य उत्पादनमा करिब ४ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान गरेको सहकारी बताइन्छ।
संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न सकेको छैन। धेरै संस्थाको कारोबार जोखिमपूर्ण देखिएको छ। सरकारले प्राथमिकता दिएका कृषिजन्य उत्पादन, प्रशोधन, बजारीकरणका साथै सेवा क्षेत्रमा सहकारीले अपेक्षित योगदान दिन सकेका छैनन्।