वैशाख १६
गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा न. ४ लिम्घा मोहोरेओडारमा मलामी बोकेको लु १ च ४३२० नम्बरको पिकअप जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ,६ जना घाइते भएका छन ।
दुर्घटनामा स्थानिय ७० बर्षिय मान बहादुर फुंजालीको मृत्यु भएको र ६ जना घाईते भएका छन । घाईते मध्ये ३ जनाको स्थानिय स्वास्थ्य संस्थामा र ३ जनाको मिसन अस्पताल पाल्पामा उपचार भईरहेको वडा अध्यक्ष पिताम्बर ज्ञवालीले बताउनु भयो ।
रुद्रबेणी मलाम गएर फर्कने क्रममा गएराती करिब ११: ३० बजे ब्रेकफेल भएर ब्याक हुदा बाटो बाट करिब २० मिटर तल जिप खसेर दुर्घटना भएको चालक हामफालेर जोगिएको र जिपमा १० जना सवार रहेको चालकको भनाई उदृत गर्दै वडा अध्यक्ष ज्ञवालीले बताउनु भयो ।