वैशाख २७
गुल्मी–काठमाडौंको हवाई भाडा बढेको छ। हवाई इन्धनको मूल्य बढेपछि भाडा दर बढेको हो ।
अब गुल्मीबाट काठमाडौँका लागि ७ हजार ३०१ रुपैयाँ र काठमाडौँबाट गुल्मीका लागि ७ हजार ५०१ रुपैयाँ भाडा कायम भएको छ।
यसअघि गुल्मीबाट काठमाडौँका लागि ७ हजार ८० र काठमाडौँबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको थियो।
अहिले गुल्मीमा नेपाल एअरलाइन्सको ट्विनअटर जहाजले साप्ताहिक चार उडान गर्दै आएको छ।
हप्ताको सोमबार, बुधबार, शुक्रबार र शनिबार चारपटक उडान हुन्छ।